मंगलबार अबेर रातिसम्म बसेको शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो।शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।
आज ३० औं दिन पनि शिक्षक महासंघले अन्दोलन जारी राख्ने तयारी गरेको छ ।
शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष












