Advertisement

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक

नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै विद्युत्को पहुँच पालिकाको हिसाबले ९७ दशमलव ५ प्रतिशत पुगेको जानकारी दिए । त्यस्तै वडाका हिसाबले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१ दशमलव ४ प्रतिशत पुगेको छ ।फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३ सय ३७ मेगावाट रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म त्यस्तो माग २ हजार ४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण छ ।
शाक्यले आउँदा दिनमा पनि भारतबाट हुने बिजुली आयात शून्य नहुने बताए ।