Advertisement

रुस–युक्रेन वार्ता असफल,रुसले युक्रेनमा आक्रमण गर्दा ९ जनाको मृत्यु

शुक्रबार रुस–युक्रेनबीच भएको वार्ता असफल भएको छ ।
शनिबार रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो । सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार बिलोपिलिया शहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गुडिरहेको मिनीबस रूसी ल्यान्सेट ड्रोनको आक्रमणमा परेको हो । यो घटना रुस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको वार्ताको केही घण्टापछि भएको हो ।