मंगलबार जिल्ला अदालत काठमाडौँमा जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसकी सांसद् माया राईसहित २१ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।
राईसहित २१ जनाविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो, ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबीसहित मुद्दा दायर भएको छ । उनीविरुद्ध मुलुकी संगठित अपराधमा मुद्दा दायर भएको हो । राईस्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, बिगो दाबीसहित मुद्दा दायर












