भारत र पाकिसतानबीच भएको आक्रमणमा आफ्ना ११ जना सैनिक मारिएको पाकिस्तानले जनाएको छ ।
चार दिनको लडाइँपछि भारत र पाकिस्तानले गएको शनिवार युद्धविरामको घोषणा गरेका थिए ।पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स आईएसपीआरले गएको हप्ता भएको भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडर, वायुसेनाका पाँच र सेनाका अन्य ६ जना कर्मचारी मारिएका बताएको बीबीसीले जनाएको छ । मे ६–७ राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको ज्यान गएको आईएसपीआरको विज्ञप्तिमा उल्लेख छ । यस्तै आक्रमणमा १० महिला र २७ बालबालिकासहित एक सय २१ जना घाइते भएका छन ।
भारतीय आक्रमणमा ११ जना सैनिक मारिए : पाकिस्तानी












