Advertisement

भारतको उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडान स्थगित

भारत र पाकिस्तानबीचको तनाव कायमै भएपछि भारतले उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू स्थगित गरेको छ ।
एअर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एअरलाइन्सले यसअघि बुधवारदेखि नै उडान रद्द गरिसकेका छन ।भारतीय एअरलाइन्सहरूले अन्य विमानस्थलबाट उड्ने यात्रुरुहरूलाई पनि सुरक्षाका उपायहरू थप बढाउने र प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि नै आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन ।जम्मू–कश्मीर क्षेत्रमा गएराति पनि गोलाबारी भएको छ । बीबीसीका अनुसार कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा गोलाबारीको आवाज सुनिएको हो ।