Advertisement

प्रि–बजेटबारे ४ दिन छलफल हुने

संसद्मा प्रि–बजेट छलफल चार दिन हुने भएको छ ।
आगामी ३० र ३१ वैशाख तथा १ र २ जेठमा प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुने सभामुख देवराज घिमिरेले बताए ।आइतबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।