सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्युटमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजगता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मर बहादुर थापाले जानकारी दिए । बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको बताए ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रसंग निरन्तर समन्वयमा रहेको जानकारी दिए ।
प्रिसा मृत्यु प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न निर्देशन












