गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको चपेटामा परेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएकोे छ ।
डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै इजरायलको नाकाबन्दी र मानवीय सहायता र्पुयाउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले मानिसहरूको ज्यान सजिलै उपचार हुने रोगहरुबाट गइरहेको तर उपचारसम्भव भएका आवश्यक औषधिहरू सीमा पार अड्किएको बताउनुभयो ।
गाजामा २० लाख मानिस भोकमरीको चपेटामा












