Advertisement

गाजामा अहिलेसम्म कुनै पनि सहायता भएको छैन : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको बताएको छ ।
११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री वितरण नभएको राष्ट्रसंघको भनाई छ । इजरायली अधिकारीहरूले हिजो ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन । ट्रकमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधिसहितको सहायता सामग्री रहेका बीबीसीले जनाएको छ ।
इजरायलले गत आइतवार गाजामा केही मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिन सहमति जनाएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सहमतिअनुसार सहायता वितरण गर्न नसकेको बताएको छ ।