Advertisement

कङ्गोमा बाढीका कारण एक सय जनाभन्दा धेरैको मृत्यु

बिहीवार र शुक्रवारको मुसलधारे वर्षापछिको बाढीका कारण कङ्गोको पूर्वी क्षेत्रमा कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको छ ।
कम्तिमा २८ जना घाइते भएका र झन्डै एक सय ५० वटा घर भत्किएका छन । मुसलधारे वर्षाका कारण कासाबा नदीले खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएरको थियो । खोला नै थुनिएर ताल बनेको नदी किनारामा रहेका घरहरू भत्किएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बालबालिका र वृद्धवृद्धा रहेका छन । स्थानीय बासिन्दाले एक सय १९ जनाको शव भेटिएको जानकारी दिएका खबरमा उल्लेख छ । क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण व्यापक मानवीय र भौतिक क्षति भएको बताउनुभएको छ ।