नेपाल सुपर लिग (एनएसएल)मा आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन ।
फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।
ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।
पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो
एनएसएलमा आज ललितपुर र पोखरा खेल्दै












