Advertisement

यो साता सुनको मूल्यमा गिरावाट

केहि दिन अघि उच्च मूल्य बनाएको सुनको मूल्य यो साता भने घटेको छ ।
यो साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यो साता चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो। यस साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको हो।