Advertisement

आज लुम्बिनीको नीति तथा कार्यक्रम

आज लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुदैँछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिवलायले जनाएको छ ।
जेठ २ गतेको मन्त्रिपरिषद बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।