आजदेखि लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको बैठक बस्दैछ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेश सभाका सचिव दुर्लभकुमार जानकारी दिए ।सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।
पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ ।
आजदेखि लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन












