Advertisement

आजको मौसम यस्तो छ, हेर्नुहोस्

केही दिनदेखि मौसम खराब रहेकोले आज पनि मौसम खराब नै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।