Advertisement

आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

मंगलबार विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।