पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा एउटा स्कूल बसमा भएको बम आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको ज्यान गएको छ ।
स्थानीय समयानुसार आज बिहानको समयमा बसमा आक्रमण भएको हो ।आक्रमणको समयमा बसमा झन्डै ५० जना स्कूले बालबालिका रहेका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनामा अन्य केही घाइते भएका विवरण प्राप्त भए पनि सङ्ख्या उल्लेख गरिएको छैन ।दक्षिण–पश्चिम क्षेत्रमा सेनाद्वारा सञ्चालित आर्मी पब्लिक स्कूल (एपीएस) का विद्यार्थी बोकेको बसमा आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन । यो घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।
पाकिस्तानको स्कूल बसमा आक्रमण हुदाँ ५ जनाको मृत्यु












