Advertisement

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ बढेको छ ।
आइतबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुन आज बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।