Advertisement

अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको ज्यान गएको पुष्टि भएको समाचारमा जनाइएको छ ।अधिकारीहरूले ज्यान जानेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन। मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ । धेरैको छाना उडेको छ र विद्युत लाइनहरू ढलेका छन । केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ ।