Advertisement

८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ दशमलव २२ प्रतिशतले बढेको हो । गत साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गएको आर्थिक वर्ष त्यही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । आयात अघिल्लो वर्षको तुलनामा ११ दशमलव २० प्रतिशतले बढेको छ ।