Advertisement

३८ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ३८ ओटा आङ्गिक क्याम्पसमा आज निर्वाचन सम्पन्न भएको छ ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिए ।