Advertisement

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

बुधबार भएको एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ ।
खेल नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन ।
खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । भूटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन । खेलको ७० औं मिनेटमा नेपालले गोल र्गयो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाएपछि दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन ।
प्रतियोगीतामा नेपालले महत्त्वपूर्ण ३ अङ्क जोड्ने मौका गुमाएको छ । नेपाल र भूटानले समान १–१ अङ्क जोडे ।