Advertisement

२० औं दिन पनि शिक्षकहरूको प्रदर्शन जारी

सोमवार २० औं दिन पनि शिक्षकहरूको अन्दोलन जारी छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका शिक्षकहरुले काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन्।विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ ।