Advertisement

हुम्लामा फेरि हिमपात

मंगलबार साँझदेखि हुम्लामा हिमपात सुरु भएको छ ।
सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको हो । दुई फिटभन्दा धेरै हिउँ जमेको स्थानीयहरुले जनाएको छ ।हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन । हिमपातका कारण जन जनजीवन भने कष्टकर बन्न थालेको छ ।