Advertisement

हुम्लाको सर्केगाडमा आगलागी

सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ ।
आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए।फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन । आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ । घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ । रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । अगालागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।
घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै इर्मेजेन्सी उपचार गरिएको जानकारी दिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले श्रीमान लैबाको शरीर ५४ प्रतिशत जलेको बताए ।
डा तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । अहिले बिहान जहाज आउनेबित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ ।