Advertisement

हिरोज लोप्चनको पहलमा पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई विश्वशान्ति क्याम्पसले छात्रवृत्ति दिने

तामाङ पत्रकार संघ काठमाडौं जिल्ला शाखाको अध्यक्ष हिरोज लोप्चनको पहलमा पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीले विश्वशान्ति क्याम्पसमा छात्रवृत्ति पाउने भएको छ ।
विश्वशान्ति चिरन(मिलन क्याम्पस)का क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने र शाखाका तर्फबाट अध्यक्ष हिरोज लोप्चनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति दिने सम्बन्धी सम्झौता भएको छ । बुधबार बाँसबारीस्थित क्याम्पसमा गरिएको एक कार्यक्रमबीच पत्रकारिता विषय अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।सम्झौता अनुसार स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने तामाङ समुदायका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन । त्यसका लागि तामाङ पत्रकार संघ जिल्ला शाखा काठमाडौंले सिफारिस गर्नुपर्नेछ । चार वर्षसम्म स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने सम्झौतामा उल्लेख छ ।
संघ र क्याम्पसबीच पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको सम्झौता उदाहरणीय कार्य भएको तामाङ पत्रकार संघ जिल्ला शाखाका संरक्षक तथा संस्थापक अध्यक्ष युनिकरक्षक ग्लानले बताए ।