सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै हिजो मन्त्रीमा नियुक्त भएकी मन्त्री भगवती न्यौपानेले आज शपथ लिने भएको छ ।
यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
हिजो सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी न्यौपानेले आज शपथ लिने












