Advertisement

हिजो बढेको शेयर बजार आज घट्यो

हिजो बढेको शेयर बजार आज फेरि घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।