सोनाम ल्होछार तामाङ समुदायले भोलि भव्य रुपमा काठमाण्डौं टुडिखेलमा मनाउने भएको छ ।
२८६२ औं ता ल्हो नेपाल राष्ट्रिय तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ लगायत अन्य संघ संस्थाहरुको आयोजनामा भोलि माघ ५ गते भव्य रुपमा मनाउने भएको हो । तामाङ समुदायले ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । तामाङ भाषमा ल्हो भनेको (वर्ष) र छार भनेको (नयाँ) हो । यो समुदायले हरेक वर्ष ल्हो फेर्ने दिनलाई नयाँ वर्षको रुपमा मनाउदै आएको छ । ल्होछारमा शुभकामना अदान प्रदान गर्ने,आफन्ता भेटघाट गर्ने र घरमा आफ्नो पराम्परा अनुसार लुङदार र्दज्यु र्फेने गरिन्छ । भने विभिन्न ठाउँबाट काठमाण्डौमा बसोबास गर्ने तामाङहरुले आफ्नो घरमा साथै काठमाण्डौको टुडिखेलमा मनाउने गर्छ । यस वर्ष जेनजी अन्दोलनलाई मध्य नजर गर्दै काठमाण्डौको टुडिखेलमा ्यालीलगायत अन्य कार्यक्रमहरु नराखिएको र ल्होछार कार्यक्रम मात्रै हुने नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योञ्जनले जानकारी दिए । ल्होछार कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री शुसिला कार्की रहेको पनि जानकारी दिए ।अध्यक्ष योञ्जनले ल्होछार इभ टँडिखेलमा नभए पनि नेपाल राष्ट्रिय तामाङ घेदुङको भवन नारायनथान चपलीमा हुने र ल्होछार इभ मनाउने जिम्मवारी नेपाल राष्ट्रिय तामाङ माहिला घेदुङलाई दिएको जानकारी दिए ।
सोनाम ल्होछार तामाङ समुदायले भोलि भव्य रुपमा मनाइँदै












