Advertisement

सोती हत्याकाण्डको स्मरण गर्दै काठमाडौँमा प्रदर्शन

शनिबार रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ ।
जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन । उनीहरुले माइतीघरदेखि बबरमहलसम्म आयोजना गरिएको थियो । ६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन ।रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।