ठगी र विश्वासघातको अरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा बुधबार प्रहरी हिरासतबाट रिहा भएका छ ।
काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप छ । ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा












