Advertisement

सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा बसेको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
यसअघि जेन(जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल,प्रधानसेनापति अशोकराज सिग्देल,सुशीला कार्की,कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेको थियो । वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्ने बारेमा चर्चा भएको जनाएको छ ।