Advertisement

सुनको मूल्य स्थिर

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो । आज बढेर तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको जनाएको छ ।