Advertisement

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।