Advertisement

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।