Advertisement

सुनको मूल्यमा नयाँ रेर्कड कायम

नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।
आज सुनले नयाँ रेर्कड कायम गर्दै प्रतितोला एक लाख ७७ हजार नौ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला छ सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।