Advertisement

सुनको मूल्यमा नयाँ रेर्कड

सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेर्कड कायम गरेको छ ।
आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।