शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन।
एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताए । पानीको अभावका कारण मधेस सुक्खाग्रस्त भएको बताउँदै सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको जानकारी दिए । सरकार सङ्कटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताए । प्रधानमन्त्री ओलीले मधेसका ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
सुक्खाग्रस्त मधेसमा ५ सय डिप बोरिङ जडान गरिने प्रधानमन्त्री घोषणा











