Advertisement

सिरहा कारागारमा कैदीबन्दीबीच झडप

आज दिउँसो सिरहा कारागारमा कैदीहरूबीच झडप हुदाँ १३ जना कैदीबन्दी घाइते भएका छ ।
आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए । पछिल्लो समय कारागार भित्र आपसमा झडप हुने क्रम बढ्दै गएको छ ।