Advertisement

सिटि होटलले तोक्यो हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति

सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन ।
हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।