Advertisement

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेश र नेपाल खेल्दै

आज भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशसँग खेल्दै छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ। नेपालले तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। आइतबार भएको खेलमा नेपाल ३(० गोलले पराजित भएको थियो।त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिनेछ।