जिल्ला प्रहरी कार्यालय दाङमा सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ ।
हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो । सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर गरेको आरोप लागेको छ । प्रहरीले कहाँबाट कसले उजुरी हालेको भन्ने विस्तृत विवरण खुलाएको छैन ।
सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी












