आज बिहान पौने ७ बजे सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान छन । २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । रौतहटबाट लालबन्दीस्थति न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो ।
सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु












