३१ औं तामाङ प्रशारण दिवसको अवसरमा हेटौंडामा आयोजित ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’मा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्रमा सबै जातजातिको मातृभाषा संरक्षण गर्नु सरकारको दायित्व भएको बताएका छन ।
तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । जाति र भाषाको नाममा राजनीति भने गर्न नहुने उनको धारणा थियो । जाति र भाषाको नाममा राजनीति गर्दा समाज विभाजनतर्फ जाने खतरा रहेको बताए । संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै नियमावली तयार भएको बताए ।
सबै जातजातिको भाषा संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री बानियाँ












