आज सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ । सर्पदंशबाट मृत्यु हुने क्रम बढ्दै गएको छ ।
सर्पदंशबाट सप्तरीमा एक महिलाको मृत्यु












