Advertisement

सडक आन्दोलनलाई निरन्तरता दिने शिक्षक महासंघको निर्णय

गत चैत्र २० गतेदेखि अन्दोलनरत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । तर आफूहरूले उठाएका विषयमा राज्य यथावत अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।