Advertisement

संघीय सुनुवाइ समितिको बैठक बस्दै

आज संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक दिनको ५ः१५ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्दैछ ।
बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो। सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।