शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । आज जलविद्युत, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
शेयर बजार ८ दशमलव १४ अंकले घट्यो












