Advertisement

शेयर बजार ३.९० अंकले घट्यो

हिजो सामान्य बढेको शेयर बजार आज ३ दशमलव ९० अंकले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । आज जलविद्युत, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।